१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
२o८२ जेठ ११ आइतबार १३:४८:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

साहित्य संगम मकवानपुरद्वारा एउटै मञ्चमा आठजना स्रष्टा सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार १३:४८:oo

मकवानपुरको अग्रणी साहित्य संस्था साहित्य संगम मकवानपुरले हेटौँडामा शनिबार एउटै मञ्चबाट आठजना स्रष्टालाई सम्मान गरेको छ । संस्थाको ३५५औँ नियमित साहित्य सन्ध्या तथा साहित्य संगम उत्सव २०८२ को अवसरमा आयोजित कार्यक्रमबिच विभिन्न विधाका आठजना स्रष्टालाई सम्मान गरिएको हो ।

संगमले मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट व्यंग्यकार राजकुमार लामिछानेलाई सम्मान गरेको छ । उक्त पुरस्कारको राशि १५ हजार ५५५ रुपैयाँ रहेको छ । यस्तै, १५ हजार ५५५ राशिको भेषनाथ अधिकारीलाई र स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेयलाई सम्मानित गरिएको संस्थाका अध्यक्ष डिबी बर्तौलाले जानकारी दिए ।

त्यसैगरी, ११ हजार १ सय रुपैयाँ नगद राशिको विनोद–सुनिता सुवेदी सम्मान २०८१ रामकुमार एलनलाई प्रदान गरिएको छ भने १० हजार राशिको दीपक मुडभरी स्मृति सम्मान २०८१ बाट समीर पाख्रिनलाई सम्मानित गरिएको छ । त्यस्तै, मंगलादेवी स्मृति सम्मान २०८१ बाट बबि थापा नगद राशि १० हजारसहित सम्मानित भएकी छिन् ।

यसैगरी, मुक्तितारा सम्मान २०८१ यश लामालाई समर्पित गरिएको छ । उक्त पुरस्कारको राशि नगद १० हजार रहेको छ भने १० हजार राशिको रामहरि देवु सम्मान २०८१ बाट मसान उपासकलाई सम्मान गरिएको छ । यस्तै, साहित्य संगम मकवानपुर कृति सम्मान २०८०–०८१ बाट नगद राशि रु. २५ हजार १ रुपैयाँसहित अभय श्रेष्ठलाई सम्मान गरिएको छ ।

संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा सम्मानित स्रष्टाहरूले रचना वाचनसमेत गरेका थिए । उत्सवको अवसरमा सपना र सम्भावनाः सिर्जनामा नयाँ पुस्ता, कविताः युगको प्रतिबिम्बनको विषयमा प्यानल डिस्कसनसमेत भएको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका– ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, मदन भण्डारी फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल, साहित्यकारहरू निमेश निखिल, तुलसी घिमिरे, सुवास खनाललगायतले स्रष्टाहरूलाई सम्मान समर्पण गरेका थिए ।