१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १० शनिबार २१:५२:oo
Read Time : < 1 मिनेट
समाचार

अध्यागमन घटनामा मात्रै होइन, अरू वेलासमेत अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिने छुः गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार २१:५२:oo

गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि वेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् ।  सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेबित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजिर नबसाल्ने जिकिर गरेका हुन् । 

गृहमन्त्री लेखकले भने, ‘गृह मन्त्रालयमा हजारौँ कर्मचारी छन्, यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले जुनसुकै बेला अनुसन्धान गर्न सक्छ । के त्यसो हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? त्यसकारण मैले भनिसके मेराविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढंगले झुट्टा प्रचारबाजी भइरहेको छ ।’

उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’ का विषयमा मात्रै होइन, आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाटै अलग्गिने बताए । ‘अहिले जुन सवाल उठिरहेको छ, यस सन्दर्भमा मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्याे भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु,’ लेखकले भने, ‘यसर्थ मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ । यस विषयमा विस्तृत धारणा राख्न आगामी १३ जेठमा प्रतिनिधिसभा बैठकमा समय माग गरेको छु ।’

यसअघि आजै गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित र प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारिएको छ । -रासस