१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
Invalid date format २१:o८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज

कभरै कभर

साताका कभर स्टोरी (४–१० जेठ, ०८२)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o८:oo

१० जेठ शनिबार

रविलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

सुप्रिमकै अरू बाहिर, रवि भित्र

 

९ जेठ शुक्रबार

सामाजिक सुरक्षा भत्ताको एक अर्ब निष्क्रिय खातामा पार्किङ

०७३/७४ देखि ०७९/८० सम्म स्थानीय तहले पठाएको लाभग्राही सूचीका आधारमा कोलेनिकाले बैंकमा एकमुस्ट रकम पठाइदिन्थ्यो र भत्ता बुझ्न लाभग्राही बैंकमा प्रत्यक्ष उपस्थित हुनुपर्थ्यो, तर बैंकमा नगएका लाभग्राहीको रकम पार्किङमै रह्यो 

 

८ जेठ बिहीबार

भिजिट भिसामा जानेबाट दैनिक ५० लाखसम्म असुली, गृह मन्त्रालयसम्मै सेटिङ 

खाडी जानेसँग ५० हजार र युरोप जानेसँग तीन लाखसम्म गरिन्छ असुली, विमानस्थलका कर्मचारीदेखि गृह मन्त्रालयसम्म भागबन्डा

 

७ जेठ बुधबार

फौजदारी मुद्दामा सरकारी वकिलको बेवास्ता

सरकारी वकिलको सीमित जनशक्ति, तयारी अभाव र समन्वयमा कमजोरीका कारण राज्य आफैँ वादी भएका मुद्दाको न्याय प्रक्रिया धेरै झन्झटिलो

 

६ जेठ मंगलबार

बालेनलाई ‘राजनीतिक घेराबन्दी’

मेयरले तोकेका समितिको जिम्मेवारी कांग्रेस–एमालेबाट निर्वाचित वडाध्यक्षले अस्वीकार गरे, प्रमुख प्रशासकीय अधिकृतसँग बोलचाल बन्द, उपमेयरसँग पनि भेटघाट छैन

 

५ जेठ सोमबार

संरक्षण नगरेको भन्दै शनिबार कांग्रेस बैठकमा रुवाबासी स् अनुसन्धानमै रहेकी मञ्जुलाई आइतबार भ्रष्टाचार छानबिनको जिम्मेवारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनियमितताबारे छानबिन गर्न सार्वजनिक लेखा समितिले प्रहरीदेखि अख्तियारको छानबिन दायरामै रहेकी कांग्रेस सांसद मञ्जु खाणलाई बनायो उपसमिति संयोजक, छानबिन प्रभावित हुने विपक्षी सांसदहरूको आशंका
 

 

४ जेठ आइतबार

साल्ट ट्रेडिङमार्फत गरिरहेको नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिँदै सरकार

चार वर्षअघि केपी ओली नै प्रधानमन्त्री र विष्णु पौडेल नै अर्थमन्त्री छँदा निश्चित व्यापारीको स्वार्थमा आयो नुन कारोबारको जिम्मा निजी क्षेत्रलाई दिन खोजेका थिए, त्यतिवेला सरकार फेरिएपछि तुहिएको योजना अहिले उनीहरू नै सत्तामा आएपछि ब्युँताए