१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
Invalid date format १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबीका  विद्यार्थी र प्राध्यापकहरु आदान–प्रदान हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२९:oo

सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकाय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबीच आपसी शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र आदान–प्रदान गरिएको छ।

काङ्वोन युनिभर्सिटीतर्फबाट विभाग प्रमुख प्राडा वाङ चो र सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन किसनदत्त भट्टद्वारा हस्ताक्षर गरिएको उक्त समझदारीपत्र  सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तको उपस्थितिमा आदान–प्रदान गरिएको हो।

दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्यको उद्देश्यले गरिएको एमओयुमा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संयुक्त प्रस्ताव तयारी, तथा गोष्ठी, सम्मेलन र कार्यशालाजस्ता शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने व्यवस्था गरिएको छ।

समझदारीपत्र पाँच वर्षसम्म कायम रहनेछ। यस अवधिमा दुवै विश्वविद्यालयले आपसी विश्वास, मित्रवत् सम्बन्ध र साझा हितका आधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्।