१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ १० शनिबार १२:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अध्यागमन कार्यालयमा खटाइएका १३ कर्मचारीको एकैपटक सरुवा

तर, भिजिट भिसाको सेटिङको कोर समूहमा रहेका अधिकृतहरूलाई भने हटाइएको छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार १२:o५:oo

सरुवा हुनेमा नौजना नासु, तीनजना कम्प्युटर अपरेटर र एकजना सहायक कम्प्युटर अपरेटर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेका अनियमिततासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि १३ जना कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले बिहीबार नासु र कम्प्युटर अपरेटर पदमा कार्यरत ती कर्मचारीलाई मन्त्रालयमै फिर्ता बोलाएको हो । 

गृह मन्त्रालय स्रोतका अनुसार सरुवा गरिएकामध्ये नौजना नासु, तीनजना कम्प्युटर अपरेटर र एकजना सहायक कम्प्युटर अपरेटर छन् । ती सबै कर्मचारी दरबन्दीभन्दा बढी संख्यामा काजमा अध्यागमन कार्यालयमा खटाइएका थिए । गृह प्रशासनले उनीहरूलाई अस्थायी रूपमा विमानस्थलमा खटाए पनि अख्तियारको छानबिन सुरु भएपछि उनीहरूलाई फिर्ता बोलाएर मन्त्रालयमा पठाइएको हो । 

शक्ति र पहुँचको बलमा गृह मन्त्रालयले कर्मचारीलाई विमानस्थल अध्यागमन पठाएको थियो । कार्यालयमा नौजना नासुको दरबन्दी भए पनि त्यसको दोब्बरभन्दा बढी कर्मचारी खटाएको थियो । दरबन्दीभन्दा बढी संख्यामा रहेका उनीहरूलाई गृहले फिर्ता लिएको हो । उनीहरूलाई अन्यत्र विभिन्न कार्यालयमा जिम्मेवारी तोकिएको छ । 

तर, भिजिट भिसाको सेटिङको कोर समूहमा रहेका अधिकृतहरूलाई भने हटाइएको छैन । उच्च तहकै सेटिङ भएकाले गृहले यसमा सामान्य छानबिनको प्रयास पनि गरेको छैन ।