१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
Invalid date format १o:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जब खेल्दै गरेका बालकमाथि ग्रिल गेट बज्रियो ...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५२:oo

महोत्तरीकाे जलेश्वर नगरपालिका वडा नं. ७ मा ग्रिल गेट लागेर बालकको मृत्यु भएको छ । जलेश्वर नगरपालिका वडा नं. ७ अन्कारस्थित जीवन माध्याम आधारभुत विद्यालय नजिकै सडक छेउमा राखिएको ग्रिल गेट बालकमाथि बज्रिएको थियो । ग्रिल गेटले लागेपछि सोहि ठाउँ निवासी उपेन्द्र यादवको छोरा ८ वर्षीय रिशव यादवको मृत्यु भएको छ ।

 साेहि ठाउँमा अहिले विद्यालयमा भवन निर्माण भइरहेको छ । साँघुरो ठाउँका कारण कम्पाउण्डभित्र ट्याक्टर लगायतका निर्माण सामग्री लिएर सवारी जान अपठ्यारो भएपछि ग्रिल गेटलाई खोलर नजिकैको स्वास्थ्य चौकीको भित्तामा अड्काएर राखिएकाे थियाे। सोहि बेला खेल्दै गरेका बालकमाथि गेट बज्रिएको थियो।  

गेट झरेर घाइते बालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्र कुमार भट्टले बताए । बालकको शनिबार पोष्टमार्टम हुने जनाइएको छ ।  

 विद्यालय भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले बालकको मृत्यु भएको स्थानीयले बताएका छन् ।