१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
२o८२ जेठ १० शनिबार १o:१८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पिएसजीविरुद्ध कानुनी उपचार खोज्दै एम्बाप्पे 

५५ मिलियन युरो पारिश्रमिक पाउन केलियन एम्बाप्पे पूर्वक्लब पिएसजीविरुद्ध मुद्दा दायर गर्दै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार १o:१८:oo

फ्रान्सका युवा स्ट्राइकर केलियन एम्बाप्पेले पूर्वक्लब फ्रेन्च पेरिस जर्मेन (पिएसजी)विरुद्ध मुद्दा दायर गर्ने भएका छन् । पिएसजीले पारिश्रमिकबापत् अहिलेसम्म रकम उपलब्ध नगराएका कारण एम्बाप्पले पेरिसको एक अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको बेलायत मिडियाले जनाएका छन् । गत सिजनमा उनी स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका थिए । म्याड्रिड र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बिचको सहज वातावरणमै एम्बाप्पेको सम्झौता भएको थियो । एक वर्षपछि एम्बाप्पेले आफ्नो पुरानो क्लबविरुद्ध ५५ मिलियन युरो पारिश्रमिक प्राप्तिका लागि अदालतको ढाको ढकढक्याउन लागेका हुन् । 

म्याड्रिड गएको केही समयपछि पिएसजीले एम्बाप्पेलाई बाँकी पारिश्रमिक भुक्तानी गर्ने जनाएको थियो । तर, एक सिजन सकिँदा पनि पुरानो क्लबबाट पारिश्रमिक नपाउँदा उनी अब अदालतको शरणमा जान लागेको बेलायती मिडियाले जनाएको छ । पिएसजीले भने क्लबसँग आबद्ध रहँदा खेलाडीले कुनै पनि ट्याक्स नतिरेको दाबी गरेको छ । पिएसजीलाई एम्बाप्पेलाई पारिश्रमिकबापत तिर्नुपर्ने ट्याक्स पूरा नगर्दासम्म बाँकी रहेको पारिश्रमिक नदिने अडान राखेको छ । 

एम्बाप्पेले ट्याक्स चुक्ता गर्ने सबै जिम्मेवारी क्लबको भएको जनाएका छन् । दुई पक्षबिचको आपसी विवादका कारण अब यो अदालतमा पुग्ने सम्भावना छ । गत महिना एम्बाप्पेका कानुनी सल्लाहकार टिमले पेरिसको कोर्टमा आफ्ना क्लाइन्टले पाउनुपर्ने रकमको सामाधान खोज्न पुगेको थियो । यस विवादको मुख्य केन्द्रविन्दु भनेको सन् २०२२ मा एम्बाप्पेले पार्क डेस प्रिन्सेस पिचमा क्लबका अध्यक्ष नासेर अलसँग पोज दिएका कारण मानिएको छ । 

एम्बाप्पेले त्यसवेला पिएसजीले प्रतिबन्ध लगाएको टिसर्ट लगाएका थिए । त्यसैवेला उनले पिएसजीमा थप दुई वर्ष बस्ने अनौचारिक सम्झौतासमेत गरेका थिए । तर, सम्झौताविपरीत उनी म्याड्रिडमा आबद्ध भए । पिएसजीबाट स्टार खेलाडीको बहिर्गमन भएको समयमा एम्बाप्पेमाथि ठुलो विश्वास थियो । उनी भने सपनाको क्लब म्याड्रिडमा जाने तयारीमा थिए । सन् २०२३ मा पिएसजीले एम्बाप्पेसँग सम्झौता नवीकरण तयारी गरेको थियो । तर, उनले दुई महिनासम्म क्लबसँग सम्झौता गर्न मानेनन् । 

१८० मिलयन युरो ट्रान्सफर
पिएसजीले एम्बाप्पेको ट्रान्सफर भ्यालु १८० मिलियन राखेको थियो । फ्रेन्च खेलाडी निशुक्ल ट्रान्सफरमा म्याड्रिडमा आबद्ध हुन चाहेका थिए । दुई वर्षअघि एम्बाप्पेले समर सिजनमा क्लब छाड्दा क्लबलाई आर्थिक भार नपर्ने स्पष्ट पारेका थिए । सिजनको अन्त्यमा उनले क्लब छाड्दा भने पिएसजीले आर्थिक भारको सामना गर्नुपर्ने थियो । यसकारण उनी जसरी पनि समरकै सिजनमा पिएसजी छाड्ने पक्षमा थिए । क्लबले यी दुवै विकल्पमा उनलाई रिलिज गर्दा एक सय ८० मिलियन युरो ट्रान्सफर रकम गुमाउने थियो । तत्काल क्लब एम्बाप्पेलाई छाड्न तयार थिएन । साउदी अरेबियाले पनि फ्रेन्च खेलाडीलाई राम्रो प्रस्ताव गर्दा पनि पिएसजी मान्न तयार भएन । पिएसजीले एम्बाप्पेका माध्यमबाट आफ्नो ब्रान्ड भ्यालु बढाउने योजनामा थियो । 

बोनस नपाएको दाबी
अहिले एम्बाप्पेले दाबी गरिरहेको पारिश्रमिक भनेको बोनस हो । युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पहिलोपटक स्थान बनाउँदा क्लबलाई फ्रेन्च लिग वानको च्याम्पियन बनाउँदा प्राप्त हुनुपर्ने बोनस रकमसमेत नपाएको उनले दाबी गरेका छन् । ‘सहमतिअनुसार च्याम्पियन्स लिगको फाइनल तथा फ्रेन्च लिग वानको विजेताका रूपमा मैले पाउनुपर्ने बोनस रकम अहिलेसम्म प्राप्त गर्न सकेको छैन,’ एम्बाप्पेले भने, ‘क्लबसँगको सम्झौताअनुसारै हरेक खेलाडीले बोनस पाउनुपर्ने थियो, तर पिएसजीले त्यो रकम दुई वर्षसम्म पनि उपलब्ध गराएको छैन ।’