१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format o९:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक नियम उल्लंघन गर्ने सवारीको भिडियो खिचेर पठाउन कपिलवस्तु प्रहरीको अनुरोध

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format o९:५o:oo
  • ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनको नम्बर प्लेट स्पष्ट रुपमा देखिने गरी फोटो वा भिडियो खिची ९८५७०५१०३८ वा ९८५७०५१०३७  नम्बरमा ह्वाट्सएप मार्फत पठाउन सकिने  छ

ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनको नम्बर प्लेट स्पष्ट रुपमा देखिने गरी भिडियो खिचेर पठाउन आम सर्वसाधारणलाई कपिलवस्तु प्रहरीले अनुरोध गरेको छ । कपिलवस्तुमा सडक दुर्घटना बढ्न थाले पछि दुर्घटना न्यूनिकरणका लागि कपिलवस्तु प्रहरीले नयाँ अभ्यास सुरु गरेको हाे । 

दुर्घटना र यसबाट भइरहेको जनधनको क्षतीलाई न्यूनिकरण गर्दै ट्राफिक नियमलाई चुस्तदुरुस्त बनाउन भन्दै ट्राफिक नियम उल्लंघन गर्ने सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी फोटो वा भिडियो खिचेर आफुहरुलाई पठाउन आम नागरिक सबैमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सूचना जारी गर्दै सर्वसाधारणलाई आग्रह गरेका छन् ।

जनता पनि बिना बर्दीका प्रहरी भएको भन्दै कपिलवस्तुका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी मोहन मणि अधिकारीले ट्राफिक  व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्न सबैमा आग्रह गरे।

जनताले पठाएको भिडियो तथा फोटोका आधारमा उक्त सवारी साधनलाई कारवाही गरिने र सुचना दिने व्यक्तीको परिचय गोप्य राखिने जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक पंकज चुँदालीले  बताए ।

अब प्रहरी मात्र होइन,आम नागरिकले पनि ट्राफिक सुरक्षामा सक्रिय भूमिका खेल्न र नियम उल्लंघन गर्ने सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी फोटो वा भिडियो खिची ९८५७०५१०३८ वा ९८५७०५१०३७ नम्बरमा ह्वाट्सएप मार्फत पठाउन सकिने कपिलवस्तु प्रहरीले बताएकाे छ । 

यो पहलबाट भित्री तथा टाढाका सडकहरूमा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन हुनेछ भन्नेमा प्रहरीकाे विश्वास छ । प्रहरीको यो सकारात्मक कदमले नागरिक सचेतना बढाउने मात्र होइन, सुरक्षित र जिम्मेवार सडक संस्कृतिको विकासमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको  छ ।