१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025
२o८२ जेठ १० शनिबार o९:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशमा गणतन्त्र दिवस मनाउन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १० शनिबार o९:५१:oo

बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी १७ औँ गणतन्त्र दिवसलाई जनस्तरमा उत्सवका रूपमा मनाउने भएको छ। प्रदेश स्तरमा गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री बाहादुर सिंह लामा तामाङको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति समेत गठन गरिएको छ।

गणतन्त्र दिवस २०८२ लाई भव्य रूपमा मनाउने तयारीस्वरूप बागमती प्रदेश सरकारले प्रदेशस्तरीय मूल समारोह समिति गठन गरेको प्रदेशका आन्तरिक मामिता तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार शुक्रबार बसेको समितिको बैठकले १३ जेठदेखि १५ गतेसम्म प्रदेश राजधानी हेटौँडामा विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो।

समितिका निर्णयका बारेमा जानकारी दिँदै मन्त्री लामिछानेले बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा विभिन्न खेलकुद प्रतियोगिता र सामाजिक विकास मन्त्रालयको संयोजनमा निबन्ध प्रतियोगिता, चित्रकला प्रदर्शनीजस्ता कार्यक्रम हुने बताए । उनका अनुसार गणतन्त्र दिवसको मुख्य दिन १५ जेठमा बिहान हेटौँडामा प्रभातफेरी, राष्ट्रप्रेम विषयक प्रवचनलगायतका कार्यक्रमको आयोजना गरिनेछन्।

मन्त्री लामिछानेले गणतन्त्र दिवस मूल समारोह समितिमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरू,सचिवहरू,सुरक्षा निकायका प्रमुखहरू,हेटौँडा उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरू रहेको जानकारी दिए।