१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 24 May, 2025
कमलराज भट्ट काठमाडाैं
Invalid date format o६:o२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उखान–टुक्का संरक्षण गर्न कानुन बनाउँदै सरकार 

विधेयकमा उखान–टुक्कासहित १२ प्रकारका अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न कानुनी आधार दिने व्यवस्था

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o२:oo

सरकारले उखान–टुक्कालगायत अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्न कानुनको मस्यौदा संघीय संसद्मा पेस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी व्यवस्थाका लागि तयार पारिएको विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन् । 

विधेयकको प्रस्तावनामा नेपालमा बसोबास गर्ने व्यक्ति, समूह वा समुदायले आफ्ना सांस्कृतिक परम्पराका रूपमा अभ्यास गर्दै आएका सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन गर्न कानुन आवश्यक भएको उल्लेख छ । ‘नेपालमा बसोबास गर्ने व्यक्ति, समूह वा समुदायले आफ्नो सांस्कृतिक सम्पदाको अभिन्न अंगका रूपमा स्वीकार गरी परम्परागत रूपमा अभ्यास तथा पुस्तान्तरण गर्दै आएका अभौतिक सांस्कृतिक सम्पदाको पहिचान गरी संरक्षण र प्रवर्द्धन गर्न’ ऐन बनाउनुपर्ने प्रस्तावनामा भनिएको छ । 

मन्त्री पाण्डेले नेपालको संविधानमा उल्लेखित प्रावधान र सन् २००३ को अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी युनेस्को महासन्धि कार्यान्वयन गर्न कानुनी आधार आवश्यक परेकाले विधेयक ल्याइएको बताए ।

विधेयकमा उखान–टुक्कासहित १२ प्रकारका अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न कानुनी आधार दिने व्यवस्था गरिएको छ । अभौतिक सांस्कृतिक सम्पदाको परिभाषामा पहिलो पुस्तौँदेखि बोल्दै, सुन्दै, सुनाउँदै आएको ज्ञान, कथा, गीत, कविता, भनाइ, उखान–टुक्का, किंवदन्ती, मौखिक इतिहास वा यस्तै प्रकृतिका मौखिक परम्परा वा अभिव्यक्ति भनिएको छ । 

दोस्रोमा अभिनय वा मञ्चन कला, तेस्रोमा सामाजिक अभ्यास, अनुष्ठान, जात्रा वा पर्व, चौथोमा प्राकृतिक स्रोतको उपयोग, उपचार पद्धति, ज्योतिष विज्ञान, खगोल विज्ञान, पर्यावरणीय ज्ञान वा यस्तै प्रकृतिका प्रकृति र ब्रह्माण्डसम्बन्धी ज्ञान भनिएको छ । 

पाँचौँमा कलात्मक सामग्रीको उत्पादन वा सांस्कृतिक प्रयोजनका लागि आवश्यक वस्तु तथा सामग्री निर्माणमा प्रयोग हुने सीप वा कलाकौशल, छैटौँमा परम्परागत खेल, सातौँमा खाद्य परिकार तथा खाद्य परिकार तयार गर्ने सीप, आठौँमा पहिरन वा आभूषणसम्बन्धी ज्ञान, नवौँमा सांस्कृतिक पथ उल्लेख छ । 

दसौँमा पुनर्जीवित गरी प्रचलनमा ल्याउन सकिने लोपोन्मुख सांस्कृतिक अभिव्यक्ति, कला, अभ्यास, ज्ञान, कलाकौशल, सीप वा सांस्कृतिक पथ, एघारौँमा लोपोन्मुख तथा हाल अभ्यासमा नरहेका, तर अभिलेखीकरण गरी संरक्षण गर्न सकिने सांस्कृतिक अभिव्यक्ति, कला, अभ्यास, ज्ञान, कलाकौशल, सीप वा सांस्कृतिक पथ र बाह्रौँ प्रकारमा अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास, कार्यान्वयन तथा अभ्यास गर्ने स्थल भनिएको छ । 

विधेयकमा समुदायको सहभागितामा अभौतिक सांस्कृतिक सम्पदाको पहिचान, सूचीकरण र अभिलेखीकरण गर्ने प्रावधान राखिएको छ । यसैगरी, संस्कृति मन्त्रालयले प्रत्येक वर्ष अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूची तयार गरी अभिलेखीकरण गर्ने र सार्वजनिक गर्नुपर्ने भनिएको छ । 

अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूची तयार वा अद्यावधिक गर्न मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय सिफारिस समिति गठन हुने व्यवस्था गरिएको छ । समितिको सदस्यमा भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय अभिलेखालयका प्रतिनिधि सदस्य हुनेछन् । मन्त्रालयको संस्कृति शाखा प्रमुख समितिको सदस्यसचिव हुनेछन् ।

समितिका सदस्यको पदावधि तीन वर्षको हुनेछ । समितिले सिफारिसका आधारमा मन्त्रालयले राष्ट्रिय सूची तयार गर्नेछ । समितिले कुनै समुदाय, कार्यालय, निकाय वा संस्थाले सूचीकृत गरेका अभौतिक सांस्कृतिक सम्पदामध्ये सिफारिस गर्नेछ । 

विधेयकमा अभौतिक सम्पदा संरक्षणको अधिकार समुदायलाई हुने, पुस्तान्तरण र पुनर्जीवनीकरण गर्नुपर्ने भनिएको छ । समुदायलाई संरक्षणमा प्रोत्साहित गर्न सम्मान गर्ने नीति पनि विधेयकमा उल्लेख छ । ‘मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदाको निरन्तर रूपमा अभ्यास, संरक्षण र प्रवर्द्धन गरी समुदायमा पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई सिफारिस समितिको सिफारिसमा जीवन्त मानव सम्पदा घोषणा गरी सूचीकरण गर्न सक्नेछ,’ विधेयकमा भनिएको छ, ‘सूचीकृत जीवन्त मानव सम्पदाको उचित सम्मान, कदर तथा प्रोत्साहन गर्नका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्न सक्नेछ ।’

त्यसैगरी, अध्ययन–अनुसन्धान, सीप पुस्तान्तरणका लागि तालिम तथा प्रोत्साहन, सांस्कृतिक विविधताप्रतिको सम्मान अभिवृद्धि गर्नुपर्ने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ । अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश र स्थानीय तहले आ–आफ्नो कानुन बनाउने र सम्पदाको पहिचान, सूचीकरण तथा संरक्षण गर्न सक्ने अधिकारसमेत विधेयकले सुनिश्चित गरेको छ ।

यी हुन् विधेयकमा समावेश १२ अभौतिक सांस्कृतिक सम्पदा

अभौतिक सांस्कृतिक सम्पदाको परिभाषामा पहिलोमापुस्तौँदेखि बोल्दै, सुन्दै, सुनाउँदै आएको ज्ञान, कथा, गीत, कविता, भनाइ, उखान–टुक्का, किंवदन्ती, मौखिक इतिहास वा यस्तै प्रकृतिका मौखिक परम्परा वा अभिव्यक्ति भनिएको छ ।