१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ९ शुक्रबार १९:२o:oo
Read Time : < 1 मिनेट
समाचार

मालपोतका खरिदारसहित तीनजना २० हजार घुससहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार १९:२o:oo

मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित तीनजना घुससहित पक्राउ परेका छन्।

जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (बिचौलिया)मार्फत २० हजार घुस लिएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले शुक्रबार पक्राउ गरेको हो । 

घुस रकम उनले तिवारी रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएका थिए । उक्त रकमसहित खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी (बिचौलिया) शान्ति पुन र घनश्याम तिवारीलाई कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित तिवारी रेस्टुरेन्टबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले बताए।