Skip This
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
२o८२ जेठ ९ शुक्रबार १९:o३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार १९:o३:oo

लुम्बिनी प्रदेश सभामा सरकारको तर्फबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। शुक्रबार छैटाैँ अधिवेशनको सातौँ बैठकबाट आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो।

छलफलमा भाग लिँदै सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रमको प्रशंसा गर्दा विपक्षीहरूले आलोचना गरे। प्रदेशको समृद्धिका लागि नीति तथा कार्यक्रमले टेवा पुर्‍याउने भन्दै सत्ता पक्षका सांसदहरूले नीति तथा कार्यक्रममा धेरै क्षेत्रका राम्रा विषय समेटिएको धारणा राखे।

प्रतिपक्षी दलका सांसदहरूले विभिन्न क्षेत्रका विषयवस्तुहरू छुट्नुका साथै नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउनेमा पनि आशंका व्यक्त गरे। 

माओवादी केन्द्रका सांसद दीपेन्द्रकुमार पुन मगरले नीति तथा कार्यक्रममा कुनै विशिष्ट कार्यक्रम नभएको भन्दै नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको तालमेल मिल्नेमा आशंका व्यक्त गरे। राप्रपा सांसद मीनाकुमारी श्रेष्ठले नीति तथा कार्यक्रम भाषणमा नभई जनताको जीवनमा देखिनुपर्ने बताइन्। राष्ट्रिय जनमोर्चा सांसद तारा थापाले औद्योगिक नीतिदेखि विभिन्न क्षेत्र छुटेको भन्दै नीतिमा भएका कुरा कार्यान्वयन हुने गरी बजेट ल्याउनुपर्ने बताइन्।

सत्तापक्षका सांसदहरू रामजीप्रसाद घिमिरे, विष्णु पन्थी, नीमा गिरी, वसिउद्दीन खाँलगायतले नीति तथा कार्यक्रमबारे धारणा राख्दै विभिन्न सुझावहरू राखेका थिए।

छलफलअघि शुक्रबारको छैटाैँ बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सोही प्रस्तावको आधारमा दलगत प्रतिनिधित्व हुने गरी सभामा छलफल भएको हो।