Skip This
समृद्धि फाइनान्सका नवनियुक्त अध्यक्षद्वारा शपथग्रहण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ९ शुक्रबार १६:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

समृद्धि फाइनान्सका नवनियुक्त अध्यक्षद्वारा शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार १६:१२:oo

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्षमा नवनियुक्त अजयकुमार मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष शपथ लिएका हुन्।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरूमार्फत सेवा दिँदै आएको छ। मोबाइल बैंकिङ, डेबिट कार्ड, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, क्युआर कोडजस्ता डिजिटल सुविधाहरूसमेत प्रदान गरिरहेको छ।