Skip This
धादिङमा पर्यटक बसको ठक्करबाट हाइलक्स गाडी खोलामा खस्यो 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ९ शुक्रबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ९ शुक्रबार १o:४९:oo
Read Time : < 1 मिनेट
समाचार

धादिङमा पर्यटक बसको ठक्करबाट हाइलक्स गाडी खोलामा खस्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ९ शुक्रबार १o:४९:oo

काठमाडौंबाट पोखरा जाँदै गरेको पर्यटक बसको ठक्करबाट धादिङको महादेवबेँसीमा हाइलक्स गाडी नदी किनारमा खसेको छ ।

शुक्रबार बिहान बागमती प्रदेश ०१००१ प १७०५ नम्बरको बसको ठक्करबाट बा.१८ च ८३८० को गाडी नदीमा खसेको हो । विपरीत दिशाबाट आएको गाडीलाई बसले ठक्कर दिई दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। 

महादेवबेँसीमा कार्यरत प्रहरी हवल्दार प्रदीप डिसीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। पर्यटक बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।