Skip This
नेपाल शिक्षक महासंघद्वारा संसदीय समितिको ध्यानाकर्षण 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:११:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाल शिक्षक महासंघद्वारा संसदीय समितिको ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:११:oo

नेपाल शिक्षक महासंघका प्रतिनिधिले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति माननीय अम्मरबहादुर थापा र एमाले संसदीय दलका प्रमुख सचेतक माननीय महेश बर्तौलासँग भेट गरी शिक्षकहरूका माग र ऐनको सम्बन्धमा ध्यानाकर्षण गराएका छन्।

यसअघि उपसमितिले बुझाएको प्रतिवेदनमा शिक्षकहरूका माग नसमेटिएको, एसइई हटाउन नहुनेलगायत विषयबारे महासंघले ध्यानाकर्षण गराएको हो। ‘हामीले राख्दै आएका मागका सम्बन्धमा गम्भीर रूपमा फेरि पनि छलफल भयो, छलफलका क्रममा विधेयकले सम्बोधन गर्नुपर्ने माग मुद्दा उल्लेख गरी ध्यानाकर्षण-पत्रसमेत हस्तान्तरण गरियो,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।

भेटमा समितिका सभापति थापाले शिक्षकहरूसँग भएको सहमति र सम्झौताअनुसार नै तोकिएको मितिमै ऐन ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे।