Skip This
सिटिजन्स बैंकद्वारा शवदाहगृह निर्माणका लागि आर्थिक सहयोग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
२o८२ जेठ ८ बिहीबार १६:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिटिजन्स बैंकद्वारा शवदाहगृह निर्माणका लागि आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १६:१३:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश बाँके  जिल्लाको कोहलपुर नगरपालिका– ११ लाई शवदाहगृह निर्माणका लागि आवश्यक सहयोगस्वरूप रु. ७० हजारबराबरको निर्माण सामग्री (ब्लकहरू र सिमेन्टहरू) प्रदान गरेकोे छ ।

कोहलपुर नगरपालिका– ११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शवदाहगृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ । 

संस्थामा आयोजित एक समारोहबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाजिक कार्यका लागि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको कुरा व्यक्त गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ।