Skip This
क्यान्जिन गुम्बादेखि स्याफ्रुसम्म लाङटाङ ट्रेल रन हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ८ बिहीबार १६:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्यान्जिन गुम्बादेखि स्याफ्रुसम्म लाङटाङ ट्रेल रन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १६:o४:oo

रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा यही जेठ २४ गते लाङटाङ ट्रेल रनको आयोजना हुने भएको छ। 
लाङटाङ क्यान्जिङ भ्यालीको क्वाङजिन गुम्बा ३८४० मिटरबाट सुरु भई १९०० मिटरस्थित स्याफ्रुबेँसीमा पुगेर टुंगिने ट्रेल रन ३२ किलाेमिटरको हुने आयोजक पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए। 

प्रतियोगितामा स्वदेशी र विदेशी गरी सयभन्दा बढी खेलाडीको सहभागिता रहने र त्यसमा  राष्ट्रिय खेलाडीहरूका लागि सहभागिता खुला गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका विजेताले नगद रु. एक लाख, दोस्रो स्थान हात पार्नेले ७५ हजार, तेस्रो स्थानलाई ५० हजार, चौथो स्थानलाई २५ हजार र पाँचौँ स्थान हात पार्ने खेलाडीले १५ हजार पुरस्कार प्राप्त गर्नेछन्। 

प्रतियोगिता आयोजनाका लागि करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। ०७२ को भूकम्पले निकै प्रभावित बनाएको लाङटाङ क्षेत्रमा पर्यटनलाई पुनर्जीवन दिने र हिमाली दौडलाई विश्व ट्रेल रनको नयाँ गन्तव्य बनाउने उद्देश्य रहेको रसुवा नुवाकोट पर्यटन समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछानेले बताए। 

प्रतियोगितालाई बागमती प्रदेश पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र रसुवा गोसाइँकुण्ड गाउँपालिकाले सहयोग गर्ने बताइएको छ। प्रतियोगिता आयोजनाका लागि गगनराज न्यौपाने, दिनेश तामाङ र ऊर्जा तामाङ सदस्य रहेको प्राविधिक टोली बनाइएको जनाइएको छ।