Skip This
रूपनगर क्याम्पसमा फौजदारी न्यायबारे अन्तर्क्रिया
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
Invalid date format १५:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रूपनगर क्याम्पसमा फौजदारी न्यायबारे अन्तर्क्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१८:oo

सप्तरीको रूपनगर क्याम्पसमा ‘समुदायमा सरकारी वकिल’ विषयमा बिहीबार अन्तर्क्रिया आयोजन भएको छ। रूपनगर नन्दराज संग्रौला क्याम्पसले उच्च सरकारी वकिल कार्यालय, राजविराजसँग मिलेर कार्यक्रम सञ्चालन गरेको हो।

सहायक न्यायाधिवक्ता विकास बञ्जाराले फौजदारी न्यायका विषयमा समुदायका हरेक सदस्यले जान्नुपर्ने विभिन्न पक्षबारे प्रस्तुतीकरण गरेको क्याम्पस प्रमुख प्राध्यापक दीपक गजुरेलले जानकारी दिए । प्रस्तुतिपछि विद्यार्थी, शिक्षक, कर्मचारीले सरकारी वकिलहरूसँग फौजदारी मुद्दाका विविध पक्षमा सवाल–जवाफ गरेका थिए।

कार्यक्रमको मूल विषय फौजदारी मुद्दा तोकिएको भए पनि अन्तर्क्रियाको क्रममा सहभागीहरूले साइबर कानुन, वैवाहिक समस्या, पारपाचुके, बालबालिकाका समस्याजस्ता विषयमा जिज्ञाशा राखेका थिए। उपन्यायाधिवक्ता नवराज रेग्मी, सहन्यायाधिवक्ता धर्मअवतार कोइराला,सहायक न्यायाधिवक्ता विद्यानन्द साहलगायत विज्ञले प्रश्नहरूका जवाफ दिएको गजुरेलले जानकारी दिए ।