Skip This
माओवादीको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान गण्डकी प्रवेश
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादीको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान गण्डकी प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान लुम्बिनीबाट गण्डकी  प्रवेश गरेकाे छ । बिहीबार पूर्वी रुकुमबाट बागलुङ प्रवेश गरेको टोलीलाई भव्य स्वागत गरिएको छ । माओवादी गण्डकीका नेता–कार्यकर्ताहरू अहिले बागलुङमा केन्द्रित भएका छन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टिमलाई बाजागाजासहित बागलुङबाट गण्डकी प्रवेश गराइएको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । 

बिहीबार बुर्तिबाङ र गल्कोटमा जागरण अभियान कार्यक्रम हुँदै छ । उक्त टोली आज ताराखोलामा बास बस्नेछ भने शुक्रबार बागलुङ बजार हुँदै कुश्मामा विशेष कार्यक्रम हुनेछ ।