
अमेरिकाको वासिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरिएको छ। प्यालेस्टाइन पक्षधरका हमलाकारीले गोली हानेको बताइएको छ।
वासिंगटन डिसीस्थित जिविस संग्रहालयबाट निस्कँदै गर्दा उनीहरूमाथि गोली हानिएको हो। हत्या हुनेमा एक महिला र एक पुरुष छन्। गोली हान्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अमेरिकाका राष्ट्रपति, इजरायलका राष्ट्रपतिलगायतले निन्दा गरेका छन्।