Skip This
काठमाडौंमा बस दुर्घटना हुँदा आठवटा सवारीसाधनमा क्षति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
रासस काठमाडौं
Invalid date format १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा बस दुर्घटना हुँदा आठवटा सवारीसाधनमा क्षति

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१९:oo

काठमाडौंको गौशालास्थित पिंगलास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठवटा सवारीसाधनमा क्षति पुगेको छ।

आज बुधबार बिहान गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको सार्वजनिक बस काठमाडौं महानगरपालिका–८ पिंगलास्थान नजिक सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा उक्त बससहित आठवटा सवारीसाधनमा क्षति भएको काठमाडौं प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार उक्त दुर्घटनामा बाबा गोकर्णेश्वर यातायातको बससहित एउटा हायस, तीनवटा कार, दुईवटा मोटरसाइकल र एउटा स्कुटरमा क्षति पुगेको छ।

उक्त दुर्घटनामा धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट तादी गाउँपालिका–२ घर भई टोखा बस्ने २२ वर्षीय विकास कट्टेल र खोटाङ हलेँसी तुवाचुङ नगरपालिका–५ घर भई हाल कोटेश्वर बस्ने ३७ वर्षीय शैलेन्द्र राई घाइते भएका बोहराले उल्लेख गरे।

अनियन्त्रित भएर पल्टिएको बा ५ ख ६७३५ नम्बरको सार्वजनिक बसका चालक भने फरार भएकाले निजको खोजी जारी रहेको बताउँदै प्रहरी उपरीक्षक बोहराले घटनाको विस्तृत रूपमा अनुसन्धान भइरहेको जानकारी दिए।