Skip This
एभरेस्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ७ बुधबार १६:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एभरेस्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ७ बुधबार १६:४९:oo

एभरेस्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा जेठ ५ गते बागमती प्रदेशको सिन्धुलीको कमलामाई नगरपालिका– ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ।

यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ। यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने विश्वास लिएको बैंकले जनाएको छ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रूपमा उद्घाटन गरिएको सो समारोहमा कमलामाई वडा नं. ६ का वडाध्यक्ष उज्वलकुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलगायतको उपस्थिति थियो।