Skip This
सञ्चार नीति बनाउन संखुवासभाका स्थानीय तहको प्रतिबद्धता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १६:३१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सञ्चार नीति बनाउन संखुवासभाका स्थानीय तहको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १६:३१:oo

संखुवासभाका सबै स्थानीय तहका जनप्रतिनिधिहरूले सञ्चार नीति बनाउन प्रतिबद्धता जनाएका छन्। बुधबार सदरमुकाम खाँदबारीमा ‘पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिहरूको तर्फबाट साझा रूपमा बोल्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जिल्लाका सबै स्थानीय तहहरू सञ्चार नीति बनाउन प्रतिबद्ध रहेको बताए। राज्यको चौथो अंगको रूपमा रहेको पत्रकारहरूको सबलीकरण र विकासका लागि स्थानीय तहहरूले सञ्चार नीति बनाउनुपर्ने उनको भनाइ छ।

कार्यक्रमका सहभागी जनप्रतिनिधिहरूले लोकतन्त्र स्थापनाका लागि समेत पत्रकारले खेलेको भूमिका प्रभावकारी भएको भन्दै पत्रकारिता क्षेत्रको विकास र सबलीकरणका लागि स्थानीय तह सहयोग गर्न तत्पर रहेको जनाएका थिए।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सबै स्थानीय सरकारले स्थानीय सञ्चारमाध्यमहरूको संरक्षणका लागि सहयोग गर्नुपर्ने बताए। उनले जिल्लाबाट प्रत्येक स्थानीय तहले प्रकाशन गर्नुपर्ने लोककल्याणकारी सूचना र विज्ञापन स्थानीय सञ्चारमाध्यमबाट नै प्रकाशन र प्रसारण गरी पत्रकारहरूलाई बाँच्ने अवस्था बनाउनुपर्ने बताएका थिए। 

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हिमा चेम्जोङले कार्यक्रम सञ्चालन गर्दै संकटमा रहेको मिडिया जोगाउने दायित्व स्थानीय सरकारको काँधमा आएको बताइन्। उनले पत्रकार बिमा र वृत्ति विकासका लागि सहयोग गर्नुपर्ने धारणा राखिन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ संखुवासभाले समन्वय र कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयले सहयोग गरेको थियो।