
सातौँ संस्करणको ‘किड्स क्यापिटल नेपाल– २०२५’को उपाधि आनिन लिम्बूले जितेका छन्। ११ बालबालिका सम्मिलित प्रतियोगितामा सिनियरतर्फ प्रशान्त कार्की तथा लक्षणा थापाले उपाधि जित्दा जुनियरतर्फ शान्वी श्रेष्ठ विजयी भइन्।
प्रतियोगितामा ऋषिका लामिछाने फर्स्ट रनर्सअप, प्रिन्सा श्रेष्ठ सेकेन्ड रनर्सअप, कस्तुभ कोइराला थर्ड रनर्सअप तथा प्रज्वल क्षेत्री फोर्थ रनर्सअप भए। प्रतियाेगितामा लक्षणा थापाले मोस्ट पपुलरको उपाधिसमेत जितिन् भने उनले प्रशान्त कार्कीसँगै आइएमई पे पब्लिक च्वाइस अवार्ड पनि जितिन्।
प्रतियोगिताको लिटिल स्टार विधातर्फ विभूति पौडेल तथा आभान बराकोटी विजयी भए। लिटिल प्रिन्सको उपाधि भने रिवान श्रेष्ठले जिते।
प्रतियोगितामा आनिन लिम्बूले बेस्ट वाक, प्रिन्सा श्रेष्ठले बेस्ट ट्यालेन्ट र बेस्ट डान्सर, लक्षणा थापाले बेस्ट सिंगर, बेस्ट एक्टर र पिएनआई फेसन बेस्ट टिभिसी मोडल तथा रिवान श्रेष्ठले फेसबुक स्टारको उपाधि जिते।