Skip This
भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 21 May, 2025
प्रतिकात्मक तस्बिर
रासस रायपुर
Invalid date format १४:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

Read Time : < 1 मिनेट
रासस, रायपुर
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएका छन्।

उपमुख्यमन्त्री अरुण साओले सन् २०२६ को मार्चसम्ममा छत्तीसगढलाई ‘नक्सलवादी समूह’ मुक्त बनाउन सुरक्षा बलले लगनशीलताका साथ काम गरिरहेको छत्तीसगढको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएको पुष्टि गरे।

उनले भने, ‘राज्यमा हाम्रो सरकार बनेपछि बस्तरलाई नक्सलमुक्त बनाउने कार्यक्रम चलिरहेको छ। नारायणपुरमा भएको मुठभेडमा दुई दर्जनभन्दा बढी नक्सलवादी मारिएका छन्।’

छत्तीसगढका उपमुख्यमन्त्री विजय शर्माले नारायणपुर जिल्लाको अबुझमाडको जंगलमा सुरक्षा बल र नक्सलवादीबिच भएको मुठभेडमा कम्तीमा २६ जना नक्सलवादी मारिएको बताए।

एएनआईसँग कुरा गर्दै उपमुख्यमन्त्रीले मुठभेडको क्रममा एक सैनिक घाइते भएको पुष्टि गरे। मुठभेडमा भएको थप क्षतिबारे जानकारी संकलन भइरहेको उनको भनाइ छ।

उनले भने, ‘सुरक्षा फौजको कारबाहीमा २६ जनाभन्दा बढी नक्सलवादी मारिएका छन्। मुठभेडका क्रममा एक सहयोगीको मृत्यु भएको छ भने एक जवान घाइते भएका छन्। घाइते जवानको उपचार भइरहेको र उनी खतरामुक्त रहेका छन्।’