१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
२o८२ जेठ ४ आइतबार १६:५७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीमा सर्वदलीय बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १६:५७:oo

बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच दलको सहभागितामा सर्वदलीय बैठक सुरु भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको आह्वानमा बागमती प्रदेश सभा सचिवालय, हेटौँडामा बैठक सुरु भएको हो।

प्रदेश सभा बैठक सञ्चालन, पछिल्ला राजनीतिक घटनाक्रम, विगतका सहमति र प्रदेश सरकारका गतिविधिसम्बन्धी छलफल गर्न आह्वान गरिएको बैठकमा कांग्रेस, एमाले, राप्रपा, एकीकृत समाजवादी र माओवादी केन्द्र सहभागी छन्। तर, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी बैठकमा सहभागी भएका छैनन्।

बैठकले जेठ ५ गते बिहान ११ बजेका लागि तय गरिएको प्रदेश सभा बैठकका कार्यसूचीहरू तय गर्नेछ। साथै, सत्तापक्ष र प्रतिपक्षबिच भएका सहमति कार्यान्वयनका विषयमा समेत छलफल भइरहेको बताइएको छ।

११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७ (उपसभामुखसहित), राप्रपाका १३ (सभामुखसहित), माओवादी केन्द्रका नाै, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

सर्वदलीय बैठकमार्फत प्रदेश सभा सञ्चालनलाई प्रभावकारी बनाउने र राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयास भइरहेको बताइएको छ।