१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ जेठ ४ आइतबार १५:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभाका एकै परिवारका पाँचजना शेर्पाद्वारा मकालु हिमाल आरोहण

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १५:३६:oo

हिमाल आरोहण गर्नु शेर्पा समुदायका लागि सामान्यजस्तै बनेको छ । अरू समुदायलाई सुन्दा नै अचम्म लाग्ने गरे पनि शेर्पा समुदायका अधिकांशले सजिलै हिमाल आरोहण गर्ने गरेको पाइन्छ । त्यस्तै, संखुवासभा मकालु गाउँपालिका– २, टाँसीगाउँका एकै परिवारका पाँचजनाले मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

विश्वको पाँचौँ अग्लो मकालु हिमाल (८४६३ मिटर) एकै परिवारका पाँचजनाले सफल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका हुन् । एकै परिवारका आङदावा शेर्पा, पेछुम्बे शेर्पा, मुन्टु लाक्पा शेर्पा, एनिमा शेर्पा र निमा दोर्ची शेर्पाले मकालु हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् । सबैभन्दा कान्छी महिला आरोही एनिमा शेर्पाले सबैभन्दा कम उमेरमा आरोहण गरेकी हुन् । 

एकै परिवारका पाँचजनाले हिमाल आरोहण गरेपछि मकालु गाउँपालिकाले एक कार्यक्रमबिच उनीहरूलाई खादा, माला र सम्मानपत्रद्वारा सम्मानित गरेको हो । मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले एकै परिवारका पाँचजनाले सफल आरोहण गर्नु चानचुने कुरो नभएको बताउँदै उनीहरूको सम्मान गर्दै सबै आरोहीहरूलाई सम्मान गरिएको बताए । गाउँपालिकाको नाम विश्वमा फहराएकाले सम्मान गरिएको अध्यक्ष शेर्पाले बताए । 

पछिल्लोपटक विश्वको पाँचौँ अग्लो हिमाल आरोहण गर्नेको संख्या वृद्धि हुँदै गएको छ । यसभन्दा अघि पनि के टु हिमाल सफलतापूर्वक आरोहण गरेर उनीहरूले विश्वकीर्तिमान कायम गरिसकेका छन् । उनीहरूले नेपालको शिर उच्च राख्दै नेपालको राष्ट्रिय झन्डा चुचुरोमा फहराएका थिए ।

आरोहीहरूले सेभेन समिट ट्रेक र एटके एक्सपिडिसनबाट आरोहण गरेका हुन् । आङदावा शेर्पा अमेरिकामा बस्दै आएका छन् । तैपनि नेपालको नाम विश्वमा राख्न प्रायः प्रत्येक वर्ष कीर्तिमान बनाउन हिमाल आराेहणको योजना बनाउने गरेका छन् । सामाजिक काममा समेत क्रियाशील शेर्पा हिमाल आरोहण गर्न भनेपछि हुरुक्कै हुने गरेका छन् ।