
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्नेमा बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको छ।
नवलपुर प्रहरीका अनुसार आज शुक्रबार साँझ साढे ५ बजेतिर वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका– २, विश्वकर्मा मन्दिरनजिकै बाटो हिलो र चिप्लो हुँदा सडक अवरुद्ध भएको हो।
गाडीहरू उकालोमा फस्ने तथा चिप्लिन गई बाटो दुईतर्फी नै अवरुद्ध भएको हो। बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।