१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
नयाँ पत्रिका कञ्चनपुर
Invalid date format १४:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डिप बाेरिङ जडानले दुई सय चालीस बिघा जग्गामा सिँचाइ सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

डिप बाेरिङ जडान भएपछि शुक्लाफाँटा नगरपालिका- १२ का किसानको २४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत वडाका चार स्थानमा डिप बाेरिङ जडानको कार्य गरेको छ ।

गौँडी, खल्ला, वसन्तपुर र तिलकी टोलमा डिप बाेरिङ जडानको कार्य गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताए। ‘एउटा डिप बाेरिङको क्षमता ६० बिघा जग्गामा सिँचाइ गर्ने रहेको छ,’ उनले भने, ‘चारवटा डिप बाेरिङबाट २४० बिघा जग्गामा सिँचाइ गर्न सकिन्छ ।’

डिप बाेरिङमार्फत सिँचाइ सुविधा उपलब्ध भएपछि यस क्षेत्रका किसानलाई माछापालन, उखुखेती, तरकारीखेती, बसन्ते मकैखेती, केराखेतीलगायत गर्न निकै सहज भएको छ । सो सुविधाले समयमै धान, तोरी, मुसुरो र गहुँ बाली किसानले लगाउन पाएका छन् । बालीको उत्पादकत्व विगतको तुलनामा निकै वृद्धि हुँदै गएको किसानहरूको भनाइ छ ।

‘विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा यहाँका किसानले आकासेपानीको भर पर्नुपर्दथ्यो,’ केराखेती गर्दै आएका मोहन रानाले भने, ‘सिँचाइको सुविधाले चाहेको वेला सिँचाइ गर्न पाएका छौँ, केराखेतीबाट मनग्य आम्दानी लिँदै आएका छौँ।’

सिँचाइको व्यवस्थाले यस क्षेत्रका किसानको आयआर्जनमा निकै वृद्धि भएको स्थानीय शिक्षक गेंदुराम रानाले बताए । उनका अनुसार डिप बाेरिङ जडानबाट चार सयभन्दा बढी किसान लाभान्वित भएका छन् ।