
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा तीन हजार रुपैयाँले बढेर एक लाख ८४ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार एक हजार ९२५ रुपैयाँ कायम भएको थियो ।