१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ २ शुक्रबार १२:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलामा तीन हजारले बढ्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १२:३५:oo

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा तीन हजार रुपैयाँले बढेर एक लाख ८४ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ९४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार एक हजार ९२५ रुपैयाँ कायम भएको थियो ।