Skip This
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका क्यानबेरा
२o८२ जेठ १ बिहीबार १७:५२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्यानबेरा
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १७:५२:oo

करिब ९० हजार मानिसले काम खोजेर पनि अप्रिलमा अस्ट्रेलियाको बेरोजगारी दर स्थिर रहेको जनाइएको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले बिहीबार जारी गरेको आधिकारिक तथ्यांकले अप्रिलमा दोस्रो लगातार महिनाका लागि आधिकारिक बेरोजगारी दर चार दशमलव एक प्रतिशत रहेको बताएको छ।

एबिएसले मार्च र अप्रिलको बिचमा कार्यरत अस्ट्रेलियालीहरूको संख्या ८९ हजारले वृद्धि भएको र सोही अवधिमा बेरोजगारहरूको संख्या ६ हजारले वृद्धि भएको बताएको छ। काम पाएका ८९ हजार मानिसमध्ये ६५ हजार महिला थिए। महिला रोजगारी वृद्धि मुख्यतया पूर्ण–समय काम पाउने खालको थियो। यो ४२ हजारले बढेको थियो।

एबिएसको तथ्यांकअनुसार पछिल्लो १२ महिनामा रोजगारीमा तीन लाख ९० हजार अर्थात् दुई दशमलव सात प्रतिशतले वृद्धि भएको छ। यो १५ वर्ष वा सोभन्दा बढी उमेरका दुई दशमलव एक प्रतिशतको जनसंख्या वृद्धि दरभन्दा बढी हो।

रोजगार–जनसंख्या अनुपात मार्चमा ६४ दशमलव एक प्रतिशतबाट बढेर अप्रिलमा ६४ दशमलव चार प्रतिशत पुगेको छ। यो जनवरीमा सेट गरिएको ६४ दशमलव पाँच प्रतिशतको रेकर्डभन्दा थोरै हो। काम गर्ने उमेरको जनसंख्याको अनुपात मापन गर्ने वा कार्यरत रहेका वा सक्रिय रूपमा काम खोजिरहेकाको सहभागिता दर मार्च र अप्रिलको बिचमा ६६ दशमलव आठ प्रतिशतबाट बढेर ६७ दशमलव एक प्रतिशत भयो।

‘३५–४४ वर्ष उमेर समूहका लागि सहभागिता दर सबैभन्दा ठुलो वार्षिक वृद्धि थियो, यो एक दशमलव नौ प्रतिशत विन्दुले बढेर ८८ दशमलव तीन प्रतिशत भयो, एबिएसका श्रम तथ्यांक प्रमुख सिन क्रिकले भने।