Skip This
टिम कुकसँग ट्रम्पले भने– म चाहन्नँ एप्पलले भारतमा कारखाना बनाओस्
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
एजेन्सी न्यूयाेर्क
Invalid date format १५:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टिम कुकसँग ट्रम्पले भने– म चाहन्नँ एप्पलले भारतमा कारखाना बनाओस्

Read Time : < 1 मिनेट
एजेन्सी, न्यूयाेर्क
नयाँ पत्रिका
Invalid date format १५:o५:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा एप्पलले कारखाना बनाएको विषयमा असन्तुष्टि जनाएका छन्।

कतारको राजधानी दोहामा बिजनेस लिडर्ससँगको कार्यक्रममा एप्पलका सिइओ टिम कुकसँगको भेटमा ट्रम्पले भने, ‘भारतमा कारखाना बनाउन जरुरी छैन । म चाहन्नँ कि एप्पलका उत्पादन त्यहाँ बनून्।’

भारतीय बजारको मागलाई लक्षित गरेर मात्र भारतमा कारखाना बनाउनुपर्ने ट्रम्पको धारणा छ। सिइओ कुकले अब विस्तारै अमेरिकामै उत्पादन बढाउने जवाफ दिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कुकका अनुसार अमेरिकी बजारमा बिक्री हुने करिब ५० प्रतिशत आइफोन भारतमा बन्छ। एप्पलको एयरपड्स, वाचजस्ता अधिकांश वस्तुहरू पनि भियतनाममा बन्छन्।