Skip This
मानव बेचविखनको आरोपमा पोखराबाट तीनजना पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानव बेचविखनको आरोपमा पोखराबाट तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा मनिका रेस्टुरेन्ट सञ्चालन गरी बस्ने ४० वर्षका पदम लुङ्बा, पोखरा– ५ मालेपाटन बस्ने ५१ वर्षका तेजनारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका–५ साँगे बस्ने २१ वर्षका सलन गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

पोखरा– ८, सिर्जनाचोकस्थित मनिका रेस्टुरेन्टमा अवैध रूपमा यौनजन्य क्रियाकलापहरू भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले होटेल सञ्चालकसहित तीनजनालाई पक्राउ गरेको हो।

प्रहरीले सो होटेलबाट पाँच महिलालाई उद्धार गरी सेफ हाउसमा पठाएको बस्नेतले जानकारी दिए। पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।