Skip This
डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौविरुद्ध भ्रष्टाचार मुद्दा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
सौरभ यादव सप्तरी
Invalid date format १८:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित नौविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
Invalid date format १८:o९:oo

कमसल किसिमको पोल लाइट खरिद तथा जडान गरी अनियमितता गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित नाैविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, इन्जिनियरद्वय कुलानन्द विराजी र रमाकान्त चौधरी, सबइन्जिनियर संजयकुमार यादव, योजना अधिकृत विनोदकुमार ठाकुर, लेखापाल अनिता परियार, योजना शाखामा कार्यरत सहायक पाँचौँ निकिता चौधरी, जिएस निर्माण सेवा र दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर विजयकुमार यादवविरुद्ध आरोपपत्र दायर भएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

आर्थिक वर्ष ०७८/७९ मा बजेट विनियोजन भई सो जडान कार्यका लागि ठेक्का दिएकामा कमसल किसिमको स्टेट लाइट खरिद तथा जडान गरी फर्जी बिल भरपाई बनाई नगरपालिकामा पेस गरी विनियोजित पूरै रकम असार मसान्तमा नै भुक्तानी लिई–दिई हिनामिना गरेको प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

लागत अनुमान तयार गर्दा पुस्ट्याइँको आधार तथा विना नम्स अस्वाभाविक मूल्य राखी लागत अनुमान तयार गरेको र बजार मूल्यभन्दा बढी मूल्य राखी भुक्तानी भएकोसमेत गरी जम्मा २५ लाख ४ हजार ५३० रुपैयाँ सार्वजनिक सम्पत्तिको हानी-नोक्सानी गरेको पुष्टि भएको अख्तियारको दाबी छ।