
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा आज सर्वाेच्च अदालतमा सुनुवाइ अघि बढेको छ। न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ भइरहेको छ।
लामिछानले बन्दी प्रत्यक्षीकरण र थुनामा राख्ने उच्च अदालतको आदेशविरुद्ध ७३ नम्बर निवेदन दिएका हुन्। दुवै मुद्दामा एकैपटक सुनुवाइ हुन लागेको हो। यसअघि तीनपटकसम्म उनको मुद्दा हेर्न नमिल्नेमा परेकाे थियो।
जिबी राईको समूहले चलाएको सहकारीमा आफ्नो कुनै सम्बन्ध नभए पनि गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकै आधारमा प्रतिशोधका आधारमा मुद्दा चलाइएको दाबी लामिछानेको छ। लामिछाने ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक हुँदा सहकारीबाट आएको रकम दुरुपयोग गर्न सघाएको अभियोग उनीमाथि लगाइएको छ। उच्च अदालतको आदेशपछि उनी भैरहवा कारागारमा छन्।