Skip This
युद्धमा ११ सैनिकसहित ५१ को मृत्यु भएको पाकिस्तानी सेनाको दाबी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
एजेन्सी इस्लामाबाद
२o८२ बैशाख ३१ बुधबार १o:२४:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

युद्धमा ११ सैनिकसहित ५१ को मृत्यु भएको पाकिस्तानी सेनाको दाबी

Read Time : < 1 मिनेट
एजेन्सी, इस्लामाबाद
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार १o:२४:oo

दुई आणविक अस्त्रसम्पन्न मुलुक भारत र पाकिस्तानबिच हालैको तनावका क्रममा ११ पाकिस्तानी सैनिक मारिएको र थप ७८ घाइते भएको पाकिस्तानी सेनाको मिडिया शाखाले मंगलबार एक विज्ञप्तिमा खुलाएको ‘द डन’ले लेखेको छ ।

सेनाको विज्ञप्तिमा सात महिला र १५ बालबालिकासहित ४० नागरिकको ज्यान गएको र १२१ अन्य घाइते भएको उल्लेख भएको समाचारमा उल्लेख छ । अप्रिल २२ मा भारत प्रशासित कस्मिरको पहलगाममा २६ जना पर्यटकको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणमा इस्लामाबादको संलग्नता रहेको आरोप लगाएर भारतले आक्रमण गरेपछि युद्ध सुरु भएको हो ।

मे ६–७ को रात नयाँदिल्लीले अप्रेसन सिन्दूरको नाममा पाकिस्तानमा शृंखलाबद्ध हवाई हमला सुरु गरेको थियो । त्यसपछि दुवै पक्षले एक–अर्कामाथि मिसाइल हानेका थिए ।

अमेरिकी हस्ताक्षेपछि दुई पक्षले युद्धविराममा सहमति जनाएको अमेरिकी पक्षले बताएको छ । शनिबार दुई देशबिचको तनाव चरम सीमामा पुगेको समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरूको मध्यस्थतापछि भारत र पाकिस्तानबिच युद्धविराम भएको घोषणा गरेका थिए ।