Skip This
कानुन र नीतिगत सुधार सरकारकाे प्राथमिकतामा : गृहमन्त्री लेखक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका विराटनगर
Invalid date format १६:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कानुन र नीतिगत सुधार सरकारकाे प्राथमिकतामा : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:o७:oo

गृहमन्त्री रमेश लेखकले सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताएका छन्।

एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले विपतकाे जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिए।

गृहमन्त्री लेखकले आपतकालीन गोदामघर सातवटै प्रदेशमा रहेको जानकारी दिँदै यस्तो कामले संघीयताको अभ्यासमा मद्दत पुगेको बताए। उनले यस्तो गोदामघर पालिका तहमा पनि राख्नुपर्ने भन्दै आपतकाे समयमा यसमा भण्डारणका रूपमा रहेको सामग्रीले जनतालाई राहत पुग्ने विश्वास व्यक्त गरे।

सरकारले १० महिनाको अवधिमा धेरै सुधारका काम गरेको दाबी गर्दै उनले सरकारले छिट्टै नै शिक्षक सेवा ऐन, निजामती सेवा ऐन पारित गर्ने जानकारी दिए। गृहमन्त्री लेखकले सरकारले सुशासनमार्फत जनतामा आशा जगाएको जिकिर गर्दै सरकारले स्थायित्वको सन्देश पनि जनतामा दिएको बताए।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले सरकारबाट प्रदेश सरकारले क्रमशः अधिकार प्राप्त गरिरहेको तथा प्रदेश सरकारले यातायातका क्षेत्रमा ठुलो उपलब्धि हासिल गरेको जानकारी दिए। उनले प्रदेश सरकारलाई संघीयमातहतमा रहेका सुरक्षाकर्मीबाट सहयोग प्राप्त भइरहेको बताए।