Skip This
किराँती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा पूर्वमन्त्री रामकुमार राई
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किराँती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा पूर्वमन्त्री रामकुमार राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन किराँती राष्ट्रिय मुक्ति मोर्चाको संघीय समिति अध्यक्षमा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ चयन भएका छन्।

तत्कालीन १ नंं. प्रदेश (हाल कोशी प्रदेश) सरकारका पूर्वखानेपानी, सिँचाइ, जलस्राेत तथा ऊर्जामन्त्रीसमेत रहेका सांसद पासाङलाई धरानमा सम्पन्न किराँती राष्ट्रिय मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनले सर्वसम्मत संघीय समिति अध्यक्षमा चयन गरेको हो। उनी माओवादीको केन्द्रीय सदस्यसमेत हुन्।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २८ गते धरानस्थित भानुचोकमा उद्घाटन गरेको सम्मेलनले १३ सदस्यीय संघीय समितिको पदाधिकारीमा मोरङका तिलकप्रसाद राई वरिष्ठ उपाध्यक्ष तथा खोटाङका सुशील बान्तावा राई, मोरङका अर्जुन जम्नेली र सुनसरीका ज्ञानबहादुर राईलाई उपाध्यक्षमा चयन गरेको छ।

धरानको लांघाली सामुदायिक भवनको सभाहलमा गएराति सम्पन्न सम्मेलनले ९९ सदस्यीय संघीय समितिको महासचिवमा भोजपुरका वसन्त बान्तवा तथा खोटाङका रेखराज राई र ओखलढुंगाका कुमार जेरो राईलाई उपमहासचिव चयन गरेको निर्वाचन समितिका सदस्य एवं माओवादी केन्द्रका नेता राजुविक्रम राईले जानकारी दिए।

मोर्चाको सचिवमा खोटाङका बिर्सिका राई, भोजपुरका सन्तोष मुकमिङ, भक्तपुरका देवान तिलुङ राई र भारत प्रवासका दिनेश किराँती चयन भएका छन् भने कोषाध्यक्षमा सुनसरीका कृपा राई छिन्। सम्मेलनले मोर्चाको निर्वाचन आयोगको अध्यक्षमा हर्क छिन्ताङ र सचिवमा अगमसिंह राई, लेखा समिति आयोगको अध्यक्षमा डेकेन्द्रकुमार राई र सचिवमा जितेन राई तथा अनुशासन आयोगको अध्यक्षमा सौभाग्यवी राई र सचिव संघीय समितिको पहिलो बैठकले तोक्ने गरी खाली राखिएको छ।