Skip This
लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

कैलालीको धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका– १, पशुपति टोलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भई हाल धनगढी– १ बस्ने ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मजमिल्ल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनीहरूको साथबाट १२ ग्राम दुई सय ५० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाका गणेश नाथले जानकारी दिए ।