Skip This
बचतकर्ताको साढे पाँच करोड निक्षेप हुलाकका कर्मचारीले गरे हिनामिना
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बचतकर्ताको साढे पाँच करोड निक्षेप हुलाकका कर्मचारीले गरे हिनामिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:४५:oo

हुलाक बचत बैंकमा बचतकर्ताको करिब साढे पाँच करोड निक्षेप कर्मचारीले हिनामिना गरेका भेटिएको छ। बचतकर्ताबाट उठेको रकम सरकारी कोषमा दाखिला नै नगरी जिल्ला हुलाक कार्यालय बाराका कर्मचारीले हिनामिना गरेका हुन्। हिनामिनामा संलग्न ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन नासु बलिरामप्रसाद कुर्मीलाई प्रमुख प्रतिवादी कायम गरेर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। कुर्मी हाल उक्त कार्यालयका कार्यालय प्रमुखसमेत छन्।

तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेमतो गरी बचतकर्ताहरूको बचत गर्नुपर्ने रकम अपचलन गरी आपसमा बाँडफाँट गरी खाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। बचतकर्ताहरूबाट उठेको बचत रकम साँवाब्याज गरी कुल पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ हिनामिना भएको अख्तियारको दाबी छ। यही रकमलाई बिगो कायम गरी कुर्मीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

हिनामिनामा सहयोग गर्ने र रकम लिनेखानेमा संलग्न कार्यालयका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानु, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ। उनीहरूविरुद्ध पाँच करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँको संयुक्त बिगो कायम गरिएको छ।