Skip This
मुलुकको आर्थिक अवस्था सुध्रिँदै गएको छ : गृहमन्त्री लेखक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format १२:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुलुकको आर्थिक अवस्था सुध्रिँदै गएको छ : गृहमन्त्री लेखक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

गृहमन्त्री रमेश लेखकले  मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले १० महिनाअघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेखनीय सुधार आएको बताएका हुन् ।

गृहमन्त्री लेखकले सञ्चारकर्मीसँग भने, ‘१० महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नुहुन्छ । मुलुकको अर्थतन्त्र लयमा आएको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ, दोस्राे कुरा आर्थिक सूचकांक सकारात्मक बनेका छन् । यो राष्ट्र बैंकको तथ्यांक हो, मैले भनेको होइन । अर्को कुरा, कानुन १० महिना पहिले कति विधेयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानुन बने भनेर हेर्दा पनि प्रस्ट हुन्छ ।’

उनले १० महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिन जानु नपरेको बताए । उनले यो सरकारको पहिलो उद्देश्य भनेको राजनीतिक स्थिरता पनि हो ।’ 

यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो । त्यसैले आशाले आममानिसलाई सकारात्मकतातिर डोर्‍याउँछ । संविधान र व्यवस्थाविरोधी गतिविधि कुनै पनि हिसाबमा स्वीकार्य हुँदैन । जुनै तहमा पनि त्यसलाई स्वीकार गर्न सकिन्न । जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही जान्छ भने त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिन्छ । 

नीतिगत भ्रष्टचार रोक्नका लागि आएको अख्तियार विधेयक मिलेमतोमा अड्किएको छ नि ? भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री रमेश लेखले भने, ‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विधेयकलाई छलफलबाट टुंगोमा पुर्‍याउँछौँ । भ्रष्टचारलाई निर्मूल पार्ने विषयमा हामी अघि बढेका छौँ । अवाञ्छित गैरकानुनी गतिविधिलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारबाही गर्ने प्रक्रियामा सरकार अघि बढेको छ । फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसँग भेटेको भरमा समाचार बन्न सक्ला, तर यो सरकार पूरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठनबन्धन कांग्रेस–एमालेबिचको सहमतिअनुसार पूरा अवधि  टिक्छ । यो १० महिनामा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएका छन् । उद्योगधन्दा सञ्चालनमा सहज होस् भनेर नयाँ कानुन आएका छन् । भूमि सुधारका लागि कानुन र आयोगहरू बनेका छन् । निराश हुनुपर्ने अवस्था छैन । अपेक्षा गरेजति काम हुन सकेनन् होला, तर निराश हुनुपर्ने अवस्था छैन । सरकारले आशा जगाउने गरी काम गरेको छ ।’