Skip This
अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाइने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
कमल खत्री म्याग्दी
Invalid date format ११:३३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाइने 

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format ११:३३:oo

८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा पहिलोपटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा ‘अन्नपूर्ण हीरक महोत्सव’ मनाइने भएको छ । अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनको रूपमा परिचित छ । ३ जुन १९५० मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चारजनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । 

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा १६ देखि २१ जेठसम्म अन्नपूर्ण हीरक महोत्सव आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा महोत्सव हुनेछ । ‘अन्नपूर्ण हिमाल आरोहणको वास्तविक पहिचान लुकेको छ, हामीले अन्नपूर्ण आरोहणको पहिचान र यस क्षेत्रको पर्यटन प्रवर्द्धनलाई जोडेर हीरक महोत्सव मनाउने तयारी गरेका छौँ, महोत्सवमा प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत आधार शिविरमा पु¥याएर मूल समारोहमा सहभागिता गराउने तयारी भएको छ,’ महोत्सव मूल समारोह समितिका संयोजकसमेत रहेका पुनले भने । हीरक महोत्सवमा प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरा माथिएस हर्जोगसहित फ्रान्सेली आरोहीहरूले समेत सहभागिता जनाउने भएका छन् ।

माथिएस हर्जोग गत कात्तिकमा ७५ वर्षअघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किएका थिए । अन्नपूर्ण प्रथम हिमालकै आधार शिविर र नारच्याङमा विविध कार्यक्रमसहित मनाउन लागिएको हीरक जयन्ती महोत्सव व्यवस्थापनका लागि वडा नम्बर ४ को वडा कार्यालय, सिर्जनशील आमा समूह, जनजागरण युवा क्लब, अन्नपूर्ण युवा क्लबलाई जिम्मेवारी दिइएको छ । आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्णमा पहिलो मानव पाइला परेको कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस पहिलोपटक सम्बन्धित भूगोलमा मनाउन लागिएको हो । यसअघि अन्नपूर्ण आरोहण दिनको अवसरमा सरकारी तवरबाट पोखरा र काठमाडौंमा समारोह आयोजना हुँदै आएका थिए । अन्नपूर्ण आरोहण हुने प्रथम आधार शिविर म्याग्दीको नारच्याङमा पर्ने भए पनि सरकारी र राजनीतिक तवरबाट उपेक्षामा पर्दै आएको थियो । संघीयता कार्यान्वयनसँगै अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र आरोहण पदमार्गको प्रचार–प्रसार र पूर्वाधार निर्माणसँगै सरकारी अभिलेखमा रहेका त्रुटि सच्याउन पहल गर्दै आएको छ ।