Skip This
जडीबुटी–पेप्सीकोला सडक सीमाभित्रका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन निर्देशन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जडीबुटी–पेप्सीकोला सडक सीमाभित्रका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३२:oo

काठमाडौं महानगरपालिका र सडक विभागले जडीबुटी–पेप्सीकोला सडक सीमाभित्र बनेका अनधिकृत संरचना ३५ दिनभित्र आफैं भत्काउन सर्वसाधारणलाई निर्देशन दिएको छन् । महानगर र विभागले सोमबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । 

जारी सूचनाअनुसार काठमाडौं जडीबुटी चोक (अरनिको राजमार्ग) देखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५–१५ मिटर सडकको सीमा कायम रहेको हुँदा सीमांकनसमेत गरी यसअघि नै चिनो लगाइसकिएको छ । 

किला गाडिएको हुँदा सार्वजनिक सडक ऐन ०३१ को दफा १९ को अवज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पासविना वा नक्सा पासविपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै हटाउन–भत्काउन म्याद तोकिएको छ । 

तोकिएको म्यादभित्र अनधिकृत संरचना नहटाएमा सार्वजनिक सडक ऐन ०३१ र स्थानीय सरकार सञ्चालन ऐन ०७४ तथा प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधि र यस कार्यालयको निर्णयबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।