Skip This
समाचार फैलिएपछि कार्यक्रमस्थलबाट लुसुक्क बाहिरिएका थिए सांसद विष्णु पन्थी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १९:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

समाचार फैलिएपछि कार्यक्रमस्थलबाट लुसुक्क बाहिरिएका थिए सांसद विष्णु पन्थी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३४:oo

पक्राउ पुर्जी जारी भएका सांसद विष्णु पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममा सँगै रहेको फोटो र समाचार प्रकाशन प्रसारण भएपछि कार्यक्रमस्थलबाट लुसुक्क बाहिरिएका थिए। कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित एमाले सांसद पन्थी सोमबार लुम्बिनीमा आयोजित बुद्धजयन्ती विशेष समारोहमा प्रधानमन्त्री केपी ओली सहभागी कार्यक्रममा थिए। पन्थीको फोटो कार्यक्रममा सहभागी कसैले खिचेर सामाजिक सञ्जालमा राखिदिएपछि उनी बाहिरिएका हुन्। 

पन्थी कपिलवस्तु बाणगंगा नगरपालिका राजपुरका हुन्। उनीविरुद्ध लेनदेनका विषयमा पक्राउ पुर्जी जारी भएको समाचार सोमबार बिहानैदेखि सामाजिक सञ्जालमा फैलिएको थियो। समाचार र कार्यक्रमस्थलमा रहेको फोटो सामाजिक सञ्जालमा देखिएपछि उनी कार्यक्रमस्थलबाट बाहिरिएका थिए। कार्यक्रममा आसनग्रहण कार्यक्रम सुरु भएको थियो। मञ्चको फ्रन्ट रोमा रहेको सोफामा रहेका पन्थी सामाजिक सञ्जालमा फोटो फैलिएलगत्तै बाहिरिएका थिए। 

हामी अनविज्ञ छाैँ ः रुपन्देही प्रहरी प्रमुख क्षेत्री
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले सांसद पन्थी पक्राउ पुर्जी जारीसम्बन्धी विषयबारे अनविज्ञ रहेको बताए। ‘म यता आएको ६–७ दिन मात्रै भयो, समाचार आएपछि सोधपुछमा लाग्यौँ। तर, जिल्लामा यस्तो पत्र आएको भेटाएका छैनाैँ। आज बिदा भयो भोलि त्यो पत्र कहाँ छ भन्नेर सोधखोज गर्छाैँ। माताहतका युनिटमा सोधेँ, तर कतैबाट यसको पुष्टि भएन। भोलि मंगलबार अफिस खुलेपछि अदालतबाट समेत जानकारी लिनेछौँ। पक्राउ पुर्जी जारी भएका व्यक्तिको स्थायी ठेगाना कपिलवस्तु हो। रुपन्देहीमा पत्र कसरी आयो हामी अनविज्ञ छौँ,’ एसपी खत्रीले भने। 

अदालतमा जवाफ दिने मौकासमेत पाइएन : सांसद पन्थी 
पक्राउ पुर्जी जारी भएको विषयमा हिजोसम्म बेखबर रहेको विष्णु पन्थीले बताएका छन्। पाल्पाको सिस्नेस्थित एक हाइड्रोपावर कम्पनीको समान खरिद गर्दाको लेनदेन विषयमा उनीविरुद्ध मुद्दा परेको हो।

‘पञ्चायतकालमा लाइसेन्स लिएर ४०–५० जना मिलेर हाइड्रो चलाएका थियाैँ, कम्पनीको अध्यक्ष र म्यानेजर अरू नै हुनुहुन्थ्यो। हामीले उक्त कम्पनी बिक्री गरिसकेका छाैँ। तर, बदनाम गर्ने नियतले मेरो नाममा मुद्दा दर्ता भएको रहेछ,’ उनले भने।

अदालतमा मुद्दा परेको औपचारिक जानकारी पाएको भए हाजिर भएर जवाफ दिने उनले बताए। तर, सबै काम गुपचुपमा गरेर बदनाम गर्न खोजको उनको भनाइ छ। उनले भने, ‘अरूले गरेको गल्तीलाई आफूसँग सोध्दै नसोधी राजनैतिक प्रतिशोध लिने काम गरियो।’

अदालतको कुनै कम्प्युटर अपरेटरले म्याद बुझेको बनाएर मुद्दा फैसला भएको रहेछ भन्ने आएकोले यसबारे कानुनी सल्लाहमा रहेको पन्थीले बताए।