Skip This
२ र ३ जेठमा काठमाडौंमा निःशुल्क नशामुक्ति शिविर हुँदै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२ र ३ जेठमा काठमाडौंमा निःशुल्क नशामुक्ति शिविर हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

जेठ २ र ३ गते (शुक्रबार र शनिबार) निःशुल्क ‘राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति शिविर’ आयोजना हुने भएको छ। भगवती मानव कल्याण संगठनको आयोजनामा पाशुपत क्षेत्रस्थित पार्किङ ग्राउन्डमा शिविर आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ।

संगठनका प्रवक्ता रमेशचन्द्र मिश्राले नशामुक्तिका लागि देश–विदेशबाट ३० हजारभन्दा बढी व्यक्तिहरूको सहभागिता रहने जानकारी दिए। शिविरमा भगवती मानव कल्याण संगठन एवं पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम ट्रस्टका संस्थापक–सञ्चालक भारतबाट परमहंश योगीराज शक्तिपुत्रजी महाराज आउन लागेको पनि उनले जानकारी दिए। कार्यक्रममा शक्तिपुत्रजी महाराजको आध्यात्मिक प्रवचनसमेत हुनेछ।

पाशुपत क्षेत्रमा दुई दिन योगध्यान साधना शिविरको आयोजना गरिएको संगठनका प्रचारमन्त्री नारायण सेढाईंले जानकारी दिए। शिविरमा निःशुल्क रूपमा शक्तिजल वितरण गरिनेछ। निःशुल्क रूपमा नशामुक्त हुन आह्वान गर्दै संगठनले टोल फ्री नम्बर १८१०५०००१४५ जारी गरेको छ।

संगठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’ सञ्चालन गर्दै आएको र हालसम्म पाँच हजारभन्दा बढी व्यक्तिहरूलाई नशामुक्त बनाइसकेको प्रचारमन्त्री सेढाईंले जानकारी दिए।