Skip This
जीवनकुमार प्रसाईंको पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३o:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

जीवनकुमार प्रसाईंको पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३o:oo

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ लोकार्पण गरिएको छ। नेपालयले आफ्नै प्रांगण आरशाला, कालिकास्थानमा आयोजना गरेको दुईदिने पुस्तक मेलाको आरम्भ प्रसाईंको पुस्तक लोकार्पणबाट भएको थियो।

आजका मानिसको भागदौड, निराशा, एक्लोपन, उदासी धेरै देखेकाले आफूले नयाँ पुस्तक लेखेको लेखक प्रसाईंले बताए। ‘जीवन वरदान हो, तर हामीले जीवनलाई नचाहिँदो तनाव बोकाएका छौँ,’ उनले भने।

सबैतिर आर्टिफिसियल इन्टेलिजेन्सको चर्चा भइरहँदा अब इमोसनल इन्टेलिजेन्स पनि महत्त्वपूर्ण सवाल भएको बताउँदै लेखकले भने, ‘भावनात्मक बुद्धिमत्ताविना समूहमा कार्य गर्न, सामाजिक हुन गाह्रो हुन्छ।’

लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाएका थिए।  १० वर्ष पहिले उनले नेपालयबाटै ‘जीवन जिउने काइदा’ पुस्तक प्रकाशन गरेका थिए। योसँगै उनका ‘सधैँ तन्नेरी’, ‘वरिपरि नै सर्वोपरि’, ‘धेरैको धपेडी’ पुस्तक पनि नेपालयबाटै प्रकाशित छन्।

२३१ पृष्ठको पुस्तकको मूल्य ५७५ रुपैयाँ छ। पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रैडटकमबाट एवं विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्छन्।