१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

युवाका मुद्दा समेट्न नसक्ने नेतृत्वले मुलुकमा विकास र समृद्धि दिन सक्दैन: मुख्यमन्त्री लामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले युवाहरूका मुद्दा समेट्न नसक्ने नेतृत्वले विकास र समृद्धिको दिशा निर्देश गर्न नसक्ने बताए। शासकीय संरचनामा युवाहरू उपस्थित अनिवार्य गर्नुपर्ने उनले बताए।

आइतबारबाट हेटौँडामा सुरु भएको प्रदेश युवा सम्मेलन २०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री लामाले देश निर्माण तथा संघीय संरचना संस्थागत गर्न युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले देश विकाससँगै सुशासनका लागि नीति निर्माण तहमा युवाहरूको उपस्थिति बलियो बनाउनुपर्नेमा जोड दिए।

‘देश विकासको नीति निर्माण र नेतृत्व तहमा युवाहरूको उपस्थिति कति छ? भन्ने प्रश्न मुख्य सवाल हो। जबसम्म नीति निर्माण र नेतृत्व तहमा युवाको बलियो उपस्थिति रहँदैन, तबसम्म देशको विकासले सही गति लिन सक्दैन। नीति निर्माण तहमा युवाको सहभागिता र संलग्नता गौण छ। नेतृत्व तहमा युवाहरू पुग्न कठिन भइरहेको देखिन्छ,’ उनले भने।

प्रदेशको समग्र विकासमा युवा शक्तिको सहभागिता, संलग्नता, सहकार्य र साझेदारी अपरिहार्य रहेको उनले औँल्याए। प्रदेश सरकारले आगामी वर्षको बजेट र कार्यक्रमले युवाहरूको सहभागिता, सशक्तीकरण र साझेदारीलाई प्राथमिकतामा राख्ने उनले बताए। युवालाई रोजगारी र उत्पादनसँग आबद्ध गर्नु र युवा पलायन रोक्नु गम्भीर चुनौती बनेको उनले बताए। कृषि क्षेत्रमा युवा शक्तिलाई आकर्षित गर्न सिप विकास तालिम, बिउ पुँजी, प्रविधि हस्तान्तरण र ब्याज अनुदान दिने कार्यक्रमहरू सञ्चालन भइरहेको उनले बताए।

राम्रो शिक्षाको नाममा युवा विद्यार्थीहरू विदेशिने ट्रेन्ड अझ डरलाग्दो देखिएको उनको भनाइ छ । उनका अनुसार पढाइको नाममा बिदेसिनुको मुख्य उद्देश्य नै उच्च शिक्षालगत्तै रोजगारीको ग्यारेन्टी हो । युवाहरूको उक्त सवाललाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उनले बताए। प्रदेशका युवाहरू सूचना प्रविधि (आइटी) क्षेत्रमा सक्रिय रहेको र सूचना प्रविधिलाई युवाको रोजगारी र उद्यमशीलतासँग गाँस्ने रणनीति अवलम्बन गरेको उनले बताए।

उनका अनुसार युवामैत्री नीति नियम र कार्यक्रमका विषयमा सरकार तत्पर रहेको छ। युवाहरूको आवश्यकता र मागका विषयमा सरकार बजेट निर्माणमा अघि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पोडेलले युवाको परिभाषा उमेरले नभई सक्रियता र गतिशीलताका आधारमा निर्धारण हुने बताए। युवाहरूमा रचनात्मक र सकारात्मक सोच हुन जरुरी रहेको उनले बताए। मुलुक परिवर्तनमा युवाहरुमा सोच र सकारात्मकताका साथ स्रोतसाधनको प्रयोग गर्न सामर्थ हुनुपर्ने बताए। नेपाललाई कंगाल बनाउने गरी बिचौलियाहरू सक्रिय भएको उनको भनाइ छ। 

प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले युवालक्षित कार्यक्रम ल्याउनुपर्छ। युवाहरूका विषयहरूलाई सिप र खेलकुदमा जोडेर अघि बढाउनुपर्ने बताए। पछिल्लोपटक विभिन्न दुर्व्यसनका कारण युवाहरूको अवस्था नेपालमा कमजोर बनिरहेको उनले बताए। 

युवाहरूको समस्या निराकरणका लागि युवाहरूलाई खेलकुद क्षेत्रका गतिविधिमा संलग्न गराउन योजनााबद्ध कार्यक्रम ल्याउनुपर्नेमा उनले जोडदिए । युवाका मर्म र भावना अनुकूल बजेट तयार गरी सिप र स्वरोजगारका कार्यक्रममार्फत युवा पलायन रोक्नुपर्ने उनको भनाइ छ।