१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभाको १६औँ अधिवेशन जेठ ५ गतेका लागि आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o५:oo

बागमती प्रदेश सभाको १६औँ अधिवेशन ५ जेठ गतेका लागि आह्वान भएको छ। बागमती प्रदेश सरकारको २३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख श्री दीपकप्रसाद देवकोटाले प्रदेश सभाको १६औँ अधिवेशन आह्वान गरेका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सो अधिवेशन २०८२ साल जेठ ५ गते सोमबार बिहान ११:०० बजेका लागि तय गरिएको छ।

प्रदेश सभा सचिवालय बागमती प्रदेशद्वारा जारी सूचनामा अधिवेशनमा सहभागी हुन सबै माननीय प्रदेश सभा सदस्यहरू तथा मन्त्रीहरूलाई समयमै उपस्थित हुन अनुरोध गरिएको छ।

बजेट अधिवेशनको रूपमा समेत रहेको बर्खे अधिवेशनले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम, प्रदेश सरकारका नीति-निर्णय तथा विकास योजनाहरूको समीक्षा र छलफल गर्नेछ।

प्रदेशको विकास, सुशासन र सेवा प्रवाहसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा पनि अधिवेशनमा छलफल हुनेछ। यसअघि प्रदेश सभाको हिउँदे अधिवेशन बैठक २० चैतमा अन्त्य गरिएको थियो। सत्तापक्ष र प्रतिपक्ष दलहरूबिचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठकसमेत बस्न नसकेपछि सरकारले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरेको थियो।