१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशको अवस्थाबारे सही ढंगबाट विश्लेषण गर्ने वेला हो यो : सभामुख घिमिरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o४:oo

सभामुख देवराज घिमिरेले देशको वर्तमान अवस्थाबारे राजनीतिकर्मीले सही ढङ्गबाट विश्लेषण गर्नुपर्ने बेला आएको बताएका छन्। कुप्रचारले लोकतान्त्रिक शासन प्रणालीमाथि प्रश्न उठाउन थालेको भन्दै उनले सकारात्मक सोचको विकासमा जोड दिए।

पूर्वसांसद मञ्च नेपालले आयोजना गरेको ‘नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले अहिलेको राजनीतिक प्रणालीलाई वैज्ञानिक र उपयुक्त बताउँदै यसको कार्यान्वयनमा देखिएको अस्थिरता, समय अभाव र नेतृत्वको परीक्षणमा कमजोरी रहेको बताए।

“अहिले फेरि इतिहास फर्काउने शक्ति र विचारहरू सक्रिय छन्,” उनले भने, “सही विश्लेषण गरेर देशलाई अगाडि बढाउने निर्णय गर्न राजनीतिकर्मीहरूले अग्रसरता देखाउनुपर्छ।”

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो औँल्याए। उनले लोकतान्त्रिक व्यवस्थामाथि उठेका चुनौतीलाई मिलेर सामना गर्नुपर्नेमा जोड दिए।

पूर्वसभामुख तथा मञ्चका सल्लाहकार तारानाथ रानाभाटले लोकतन्त्र अझै परिपक्व अवस्थामा पुग्न नसकेको भन्दै राजनीतिक दलहरूलाई राष्ट्रिय सोचसहितको कार्यसंस्कृति विकास गर्न आग्रह गरे।

कार्यक्रममा सभामुख, मन्त्री चौरसिया, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका समिति सभापति, सदस्य, पूर्वसांसदहरू र विज्ञहरूको उपस्थिति रहेको थियो।